Political Hightlights

निर्वाचनमा टर्च लाइट बालेर खोज्ने नेपालको सपना कहिल्यै पूरा नहुने ओलीको दाबी

हिमालय टिभी
२०७८ असोज १० गते १६:४९
निर्वाचनमा टर्च लाइट बालेर खोज्ने नेपालको सपना कहिल्यै पूरा नहुने ओलीको दाबी

१० असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा टर्च लाइट बालेर खोज्ने माधवकुमार नेपालको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।

ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै भएको बताउनुभयो ।

उहाँले ओलीले आफ्नो नेतृत्वको सरकारले धेरै विकासका काम गरेको दाबी गर्दै आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको दाबी गर्नुभयो ।

राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको जिकिर गर्नुभयो ।

उहाँले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने भन्दै असोज १५,१६ र १७ गते हुने विधान महाधिवेशनमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिनुभयो ।

बैठकमा तत्कालीन वरिष्ठ नेता नेपाल समूहमा रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए।

उनीहरुलाई लक्षित गर्दै ओलीले १० बुँदेमा नअल्झन नेताहरुलाई आग्रह गर्नुभयो । एमालेमा १० बुँदे सहमति कायम नभएपछि उपाध्यक्ष भीम रावल लगायतका नेताहरु जिम्मेवारीविहीन हुनुहुन्छ ।

२०७५ जेठ २ गतेअघि रहेको कमिटी सक्रिय भएको छैन। मुख्यगरी १० बुँदे सहमति पालना नभएको असर सुदूरपश्चिम, वागमती र प्रदेश २ का जिल्लामा देखापरेको छ। ओलीले प्रतिवेदनमाथि छलफल गर्न बनाएका टोली नेतामा १० जना नेतालाई वाइपास गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्