Political Hightlights

कांग्रेसले टुंगो लगायो थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद

हिमालय टिभी
२०७८ असोज १० गते ८:००
कांग्रेसले टुंगो लगायो थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद

१० असोज २०७८ काठमाडौं । नेपाली काँग्रेसले थप ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ ।

महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो ।

बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन ।

निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । पाँच जिल्लामा आज नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताउनुभयो ।

कांग्रेसको निर्णयअनुसार दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्