Political Hightlights

विभिन्न ५२ जिल्लामा कांग्रेसको पालिका अधिवेशन

हिमालय टिभी
२०७८ असोज ९ गते १९:०३
विभिन्न ५२ जिल्लामा कांग्रेसको पालिका अधिवेशन

९ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसले आज ५२ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ ।

वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामध्ये तयारी पूरा भएका ५२ जिल्लामा आज अधिवेशन गरिएको हो । बाँकी १२ जिल्लामा तयारी नपुगेका कारण अधिवेशन हुन सकेन ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बाँकी जिल्लामा भोलि अधिवेशन हुने जानकारी दिनुभयो । उहाँका अनुसार क्रियाशील विवाद रहेको भनिएका अधिकांश जिल्लाको विवाद पनि टुंगिइसकेको र यसको जानकारी केन्द्रीय निर्वाचन समितिलाई दिइसकिएको छ ।

विवाद टुंग्याउन अब एक(दुई जिल्लामा मात्रै बाँकी रहेको भन्दै वडादेखि पालिका स्तरको अधिवेशन बाँकी रहेका सबैजसो जिल्लामा भोलि नै प्रक्रिया सुरु हुने पौडेलले बताउनु भयो । अधिवेशन भएका पालिकाहरुमा कतिपय ठाउँमा सहमतिमै र कतिपय ठाउँमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

हिजो बसेको पदाधिकारी बैठकले दशैंअघि सबै जिल्लामा वडा तह र पालिका तहको अधिवेशन सक्ने र हिमाली जिल्लामा जिल्ला तहकै अधिवेशन सम्पन्न गर्न निर्णय गरेको थियो । सबै तहको अधिवेशन तोकिएकै समयमा नभएपछि कांग्रेसले अनुकुलताका आधारमा जिल्लाहरुलाई मिति आफैले हेरफेर गर्न सक्ने अधिकार दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्