Political Hightlights

सत्तारुढ कांग्रेसको महाधिवेशन फेरि एक महिना पर सार्ने प्रस्ताव

हिमालय टिभी
२०७८ असोज ८ गते ७:३४
सत्तारुढ कांग्रेसको महाधिवेशन फेरि एक महिना पर सार्ने प्रस्ताव

८ असोज २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन फेरि एक महिना सार्ने प्रस्ताव आएको छ ।

पार्टी संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको हो । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताउँदै एक महिना सार्ने प्रस्ताव गर्नुभएको छ ।

यद्यपि उक्त बैठकमा सभापति शेरबहादुर देरउवा भने हुनुहुन्नथ्यो । बैठक शुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवा हिँडिसकेपछि महामन्त्री खड्काले यस्तो प्रस्ताव गर्नुभएको हो ।

क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ ।

अन्यत्र दशैंतिहारको बीचमा अधिवेशन गर्ने तय भएको छ । सभापति देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ पछाडि गर्ने प्रस्ताव राख्नुभएकव छ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ ।

महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ । जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा कांग्रेस थियो ।

पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुज्रिसकेको छ । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।

यसैबीच कांग्रेसले २१ जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी र निर्वाचन समितिको बैठकले २१ हिमाली जिल्लामा दसैँअघि नै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । यीमध्ये डोल्पा र रसुवामा भने अझैसम्म वडा अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्