Political Hightlights

मन्त्री बनाउने विषयमा कांग्रेसमा बढ्यो विवाद, पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७८ असोज ६ गते ७:४०
मन्त्री बनाउने विषयमा कांग्रेसमा बढ्यो विवाद, पदाधिकारी बैठक बस्दै

६ असोज २०७८ काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको विषयमा छलफलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

सभापति देउवाले एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि आज दिउँसो तीन बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

पदाधिकारी बैठकअघि वरिष्ठ नेता पौडेल समूहको बैठक बोहोराटारमा बस्ने तय भएको छ । पौडेल समूहले विधिमा आधारित भएर मन्त्रिपरिषद विस्तार गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारमा जाने व्यक्तिका बारेमा पार्टीले निर्णय लिनुपर्ने पौडेल समूहको अडानबीच पदाधिकारी बैठक बोलाइएको छ ।

सुजाता कोइराला र डा. मीनेन्द्र रिजालमध्ये एक जनालाई परराष्ट्र मन्त्री बनाउन पौडेल समूहले माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले नारायण खड्कालाई उक्त जिम्मेवारी दिन खोजेपछि कांग्रेसमा विवाद बढेको छ ।

यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा गठबन्धनमा विवाद भएपछि देउवाले त्यस उप्रान्त सल्लाह गर्ने वाचा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्