Political Hightlights

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै

हिमालय टिभी
२०७८ असोज ५ गते ६:४८
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै

५ असोज २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज बस्दै छ।

करिब एक महिना अगाडि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

आज र भोलि बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबर्द्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल हुनेछ।

बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ। बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ। पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको जनाएको छ। सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारी पनि छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्