Political Hightlights

एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १ गते १३:१०
एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१ असोज २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले आगामी साता मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । अध्यक्ष नेपालले सरकारमा जान आफूहरु तयार रहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने दाबी पनि गर्नुभयो । उहाँले बाग्मती र प्रदेश १ सरकारको नेतृत्व आफूहरुले गर्ने पनि बताउनुभयो ।

नेकपा एमाले विभाजनपछि प्रदेश एकमा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिरहनु भएको छ ।

उहाँहरु एमालेमै रहेपछि नेकपा समाजवादीले समर्थन फिर्ता लिइसकेको छ । र दुवै प्रदेशमा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउन तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्