Political Hightlights

माओवादीमा विचलन आएको प्रचण्डद्वारा स्वीकार, फेरि पनि एक नम्बर पार्टी बन्ने दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते १३:१२
माओवादीमा विचलन आएको प्रचण्डद्वारा स्वीकार, फेरि पनि एक नम्बर पार्टी बन्ने दाबी (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन विचलित रूपमा रहेको स्वीकार गर्नु भएको छ ।

स्वर्गीय नेता पोस्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पद प्रतिष्ठाका लागि गुट बनाउने प्रवृत्तिले माओवादी आन्दोलन स्खलन उन्मुख रहेको बताउनु भयो ।

त्यसको समीक्षा गर्दै पार्टी पुनः निर्माणको अभियानमा लागेकाले अब अरूलाई गाली गर्न छाडेर आफैँलाई गाली गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

उहाँले विगत १५ वर्षमा पार्टीबाट सय जनाभन्दा बढी मन्त्री बनेको र त्यतातिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्ने बेला आएको बताउनुभयो ।

फरक प्रसंगमा प्रचण्डले संविधान जारी हुँदा आफूहरूले राखेको फरक मतको अहिले सान्दर्भिकता देखिएको बताउनुभयो ।

शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधन आवश्यक ठानेर आफूले प्रधानमन्त्री हुँदा प्रक्रिया अघि बढाए पनि विभिन्न तत्वले रोकेको बताउनुभयो ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझ्ने भन्दै माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्