Political Hightlights

माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट पार्टीको विधान पारित

हिमालय टिभी
२०७८ भदौ २९ गते १९:२३
माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट पार्टीको विधान पारित

२९ भदौ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो ।

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरिएको हो ।

आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

माओवादीले फेरि सर्वदलीय बैठक बसेर वा छुट्टाछुट्टै बैठक बसेर भए पनि संसद राम्रोसँग चलाउनु पर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्