Political Hightlights

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष ओलीको प्रष्टीकरण

हिमालय टिभी
२०७८ भदौ २९ गते १६:४१
सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष ओलीको प्रष्टीकरण

२९ भदौ २०७८ झापा । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताउनुभएको छ ।

नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो ।

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । “हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन”, उहाँले भन्नुभयो ।

एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।” अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौँबाट यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्