Political Hightlights
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज
२०७८ भदौ २९ गते ९:१९

२९ भदौ २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो ।
नेकपा (एमाले) बाट अलग भइ हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।
प्रतिक्रिया