खेलकूद

डानिल मेदभेदेवलाई पुरुष एकलतर्फ युएस ओपन टेनिसको उपाधि

हिमालय टिभी
२०७८ भदौ २८ गते ७:५९
डानिल मेदभेदेवलाई पुरुष एकलतर्फ युएस ओपन टेनिसको उपाधि

२८ भदौ, २०७८ काठमाडौं । पुरुष एकलतर्फ युएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेवले उचालेका छन् ।

पहिलो ग्राण्डस्लाम जित्ने क्रममा दोस्रो वरियताका मेदभेदेवले शीर्ष वरियताका नोभाक जोकोभिचलाई ३–० को सेटमा हराए । २५ वर्षीय मेदभेदेवले जोकोभिचलाई ६–४, ६–४ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन् ।

मेदभेदेव यसअघिका दुई ग्राण्डस्लामको फाइनलमा पराजित भएका थिए ।

उता यस वर्ष अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्बल्डन जितेका ३४ वर्षीय जोकोभिच कीर्तिमानसहित २१ औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा थिए । त्यस्तै उनी युएस ओपन जित्दै यस वर्ष सबै प्रमुख उपाधि उचाल्न चाहन्थे ।

यसअघि महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि भने बेलायतकी १८ वर्षीया किशोरी एमा रादुकानुले उचालेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्