Political Hightlights

एमाले सांसद सभामुखविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते १३:३१
एमाले सांसद सभामुखविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू सभामुखविरुद्ध आक्रामक तरिकाले प्रस्तुत भएका छन् ।

संसद भवन नयाँबानेश्वरमा बसेको सदीय दलको बैठकमा सांसदहरूले पार्टीले कारवाही गरेका सांसदको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नु पर्ने बताएका छन् ।

बैठकमा बोल्दै एमाले सांसद महेश बस्नेतले सभामुख सापकोटा र संसद विघटनविरुद्ध फैसला गर्ने न्यायाधीशहरुमाथि महाअभियोग लगाउनु पर्नेमा एमाले अग्रसत हुनुपर्ने बताउनुभयो ।

अर्का सांसद गोकुल बाँस्कोटाले सभामुख सापकोटाको राजीनामा माग्नु पर्ने बताउनुभयो ।

सांसद शिवमाया तुम्वाहाम्फेले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाउँदै प्रतिनिधि सभा बैठकमा त्यसको विरोध गर्नुपर्ने बताउनुभयो ।

सांसद निरुदेवी पालले सापकोटामा सभामुखमा हुनु पर्ने चरित्र नै नदेखाएको आरोप लगाउँदै राजीनामा माग्नु पर्ने बताउनुभयो । सांसद भगवती न्यौपानेले सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नु पर्ने माग गर्नुभयो ।

सांसदहरुले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा पार्टीको धारणा मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्