Political Hightlights

माधव नेपालसहितका नेता एमालेमा फर्किए क्षमा दिन्छौं नेता पाण्डे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते १८:५१
माधव नेपालसहितका नेता एमालेमा फर्किए क्षमा दिन्छौं नेता पाण्डे (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीमा गएका माधवकुमार नेपालसहितका नेताहरु पार्टीमा फर्किए क्षमा दिने बताउनु भएको छ ।

नेकपा विभाजन हुनुअघिसम्म नेपालकै समूहमा रहेका नेता पाण्डे आज त्यै समूहप्रति आक्रामक हुनुभएको हो ।

पोखरामा आज भएको कार्यक्रममा उहाँले नेकपा (एकीकृत समाजवादी)मा गएका नेताहरुले पार्टी विभाजन गरेर ठूलो गल्ती गरेको बताउनुभयो ।

१० बुँदे सहमति कार्यान्वयन गरेर एमालेलाई एकीकृत गर्ने आफूहरुको प्रयास आंशिक रुपमा सफल भएको उहाँको भनाइ छ ।

नेता पाण्डेले पार्टी विभाजनपछि नेकपा एमालेलाई ५ देखि १० प्रतिशतसम्म मात्र क्षति पुगेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्