Political Hightlights

पदमा रहन चाहे एकीकृत समाजवादी रोज्न बागमती र प्रदेश १ का मुख्यमन्त्रीलाई नेतृ झाँक्रीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते १३:५६
पदमा रहन चाहे एकीकृत समाजवादी रोज्न बागमती र प्रदेश १ का मुख्यमन्त्रीलाई नेतृ झाँक्रीको आग्रह (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ विराटनगर । नेकपा एकीकृत समाजवादी समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले नेकपा (एकीकृत समाजवादी) रोजेको खण्डमा वर्तमान सरकारलाई नै निरन्तरता दिइने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै नेतृ झाँक्रीले नेकपा एकीकृत समाजवादीमा आए प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत जुटाउने बताउनुभयो ।

नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रकृयाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय सीमा रहेकाले त्यसपछि केन्द्रसँगै प्रदेश सरकारमा पनि फेरबदल आउने बताउनुभयो ।

उहाँले आफूहरुका कारण सरकार विस्तारमा ढिलाई नभएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्