एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न आयोगले दियो समयसीमा

१३ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
निर्वाचन आयोगका पदाधिकारीको आज बसेको बैठकले नयाँ दल रोज्ने जनप्रतिनिधिका लागि भदौ २२ गते साँझ ५ बजेसम्मको समय दिएको हो ।
आयोगले निकालेको सूचनामा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा चाहने प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले यो बीचमा सनाखत गर्न भनिएको छ ।
यसअघि सनाखतमा छुटेका संघीय सांसदले भने अब दल बदल गर्न नपाउने भएका छन् । यसबारे बैठकले कुनै निर्णय गरेको छैन ।
सरकारले ल्याएको अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउनेछन् ।
प्रतिक्रिया