Political Hightlights
‘लोसपा अहिले सरकारमा सहभागी हुने संभावना छैन’ : सहमहामन्त्री महत(भिडियो रिपोर्टसहित)
२०७८ भदौ १२ गते १८:०४

१२ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने संभावना नरहेको बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै महतले अहिले उक्त पार्टी सरकारमा आउने संभावना नरहेको बताउनुभएको हो ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागीताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्न चाहे आफूहरु तयार रहेको बताएको अर्को दिन कांग्रेस सहमहामन्त्री महतको प्रतिक्रिया आएको हो ।
सहमहामन्त्री महतले लोसपासँग अरु विषयमा भने सहकार्य हुन सक्ने बताउनुभयो ।
प्रतिक्रिया