Political Hightlights

कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी : निधि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ११ गते १८:५७
कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी : निधि (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै आफ्नो योजना सार्वजनिक गर्नुभएको हो ।

निधिले कसैलाई पराजित गर्न, हटाउन र अक्षम घोषणा गर्न सभापति नउठेको भन्दै सबै मतदातालाई कांग्रेससँग जोड्ने दावी गर्नुभयो ।

निधिले आगामी महाधिवेशनबाट वैचारिक रूपमा प्रस्ट बनाउँदै जनतामा भरोसा जगाउने काम गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो ।

कांग्रेस गुटउपगुटबाट माथि उठोस् भन्ने जनताको चाहना रहेको भन्दै उहाँले त्यसैका लागि उमेद्वारी दिने दावी गर्नुभयो । कांग्रेसको चौधौ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म हुँदैछ ।

भिडियो रिपोर्ट हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्