Political Hightlights

सभापति देउवालाई दबाव दिने तयारीमा वरिष्ठ नेता पौडेल समूह

हिमालय टिभी
२०७८ भदौ ११ गते १३:५९
सभापति देउवालाई दबाव दिने तयारीमा वरिष्ठ नेता पौडेल समूह

११ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यता तत्काल टुङ्गो लगाउन दबाब दिँदै हुनुहुन्छ ।

आज बिहान बसेको आफू पक्षीय नेताको बैठकले गरेको निर्णय अनुसार नेता पौडेलले सभापति देउवालाई भेटन लाग्नुभएको हो ।

पौडेलले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो शुरु गर्न दबाब दिन लागेको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसको महाधिवेशन बैधानिक ढंगले आगामी मंसिर ९ देखि १३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका विवाद अझै समाधान हुन सकेको छैन ।

यसअघि बिहान पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन इतरका नेताहरुको छलफलले सभापति देउवालाई भेटेर दवाव दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्