Political Hightlights

जनता समाजवादी पार्टी पनि आजदेखि औपचारिक रुपमै विभाजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ९ गते १९:२५
जनता समाजवादी पार्टी पनि आजदेखि औपचारिक रुपमै विभाजित (भिडियो रिपोर्टसहित)

९ भदौ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी पनि आजदेखि औपचारिक रुपमा विभाजित भएको छ ।

विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद र केन्द्रीय सदस्यले आज निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

नयाँ पार्टीमा १४ जना सांसद र १७ जना कार्यकारिणी समितिका सदस्यले सनाखत गरेका छन्। प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जना सांसद नयाँ पार्टीमा लागेका हुन् ।

जसपामा दुबै सदनका गरी ३४ सांसद थिए । केन्द्रीय कार्यकारिणीमा २० प्रतिशत नपुगे पनि सांसदका आधारमा जसपा विभाजित भएर नयाँ पार्टी बनेको हो ।

अध्यादेश अनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतले नयाँ पार्टी बनाउन सक्ने व्यवस्था अनुसार तत्कालिन जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले लोकतान्त्रिक समाजवादी पार्टी बनाउनुभएको हो ।

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए । त्यसमा रेशम चौधरी थप भएर १७ पुगेको हो । पार्टीलाई आधिकारिकता दिँदा तटस्थ बसेका चौधरी अहिले नयाँ पार्टीको पक्षमा उभिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्