आठ महिनापछि तेस्रो धारका भनिएका नेता एमाले स्थायी कमिटी बैठकमा सहभागी
८ भदौ २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीभित्र तेस्रो धारका नेताहरु आठ महिनापछि सहभागी भएका छन् ।
नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि उनीहरु बैठकमा सहभागी भएका हुन् ।
स्थायी कमिटी बैठकले यसअघि एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई स्वागत गर्दै बैठक शुरु भएको हो । बैठकमा तेस्रो धार सहभागी भएपछि अध्यक्ष केपी शर्मा ओलीले खुशी व्यक्त गर्नुभयो ।
०७५ साल जेठ २ को बैठक भनिए पनि पूर्व माओवादी रामबहादुर थापा लगायतका नेताहरु बैठकमा सहभागी छन् ।
प्रतिक्रिया