Political Hightlights

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नयाँ पार्टी गठन गरेको नेता नेपालको प्रष्टिकरण

हिमालय टिभी
२०७८ भदौ ८ गते ७:५१
कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नयाँ पार्टी गठन गरेको नेता नेपालको प्रष्टिकरण

८ भदौ २०७८ काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ ।

पार्टी पंक्तिका नाममा एक अपिल जारी गर्दै अध्यक्ष नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको बताउनु भएको छ ।

उहाँले ओलीकै कारण कम्युनिस्ट आन्दोलन विसर्जनतर्फ जाने खतरा बढेकाले आफूहरुले नयाँ पार्टी खोल्नुपरेको बताउनु भएको छ ।

नेकपा एमालेको पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

नेपालले आफूहरुले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको भए पनि ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको स्पष्टिकरण दिनुभएको छ ।

अध्यक्ष नेपालले नेकपा एमालेले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न आफ्नो चाहना भएको पनि अपिलमा उल्लेख गर्नु भएको छ ।

त्यसका लागि एमालेलाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु पर्ने आवश्यक रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्