Political Hightlights

कांग्रेसमा देउवाविरुद्ध सभापतिमा साझा उम्मेदवारको खोजी शुरु

हिमालय टिभी
२०७८ भदौ ८ गते ७:४१
कांग्रेसमा देउवाविरुद्ध सभापतिमा साझा उम्मेदवारको खोजी शुरु

८ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्‍याएका छन्।

सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एक जनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको बुझाइ छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग संस्थापन इतरका कुनै एउटा नेताले उनलाई चुनौती दिने विश्लेषणमा पुगे पनि उनीहरू एकअर्कालाई नेतृत्व स्वीकार गर्न भने तयार देखिएका छैनन्।

महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगिएपछि अब पछिल्लोपटक तोकिएको मितिमै महाधिवेशन हुने देखिएको छ । अब वडा अधिवेशन आउन अब १० दिन मात्र बाँकी छ।

अधिवेशन मिति नजिकिए पनि संस्थापन इतरबाट आकांक्षीको संख्या धेरै भएपछि सर्वसम्मत नेतृत्वका लागि सभापतिका आकांक्षीहरू नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला लगायत नेताहरुबीच छलफल भएको छ ।

छलफलमा सभापतिका आकांक्षीहरूले संस्थापन पक्ष इतरबाट वडा अधिवेशनअघि नै एउटा उम्मेदवार बनाएर जानुपर्ने बताएका छन् ।

बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *