केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने कांग्रेस सहमहामन्त्री महतको दाबी (भिडियो रिपोर्टसहित)
७ भदौ २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको हो । सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उहाँको स्पष्टिकरण थियो ।
सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताउनुभयो ।
साथै उहाँले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुनेमा जोड दिनुभयो । महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा विदेशीको चियो चर्चा धेरै हुन थालेको समेत टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया