Political Hightlights

चन्द्रागिरि रिसोर्टमा नेपाल नेतृत्वका एकीकृत समाजवादीका नेताहरुको भेला

हिमालय टिभी
२०७८ भदौ ७ गते १७:३३
चन्द्रागिरि रिसोर्टमा नेपाल नेतृत्वका एकीकृत समाजवादीका नेताहरुको भेला

७ भदौ २०७८ काठमाडौं । एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता आवासीय भेलाका लागि चन्द्रागिरि रिसोर्ट पुगेका छन् ।

पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखत हुने दुई दिन अघि एकीकृत समाजवादीका नेता चन्द्रागिरि पुगेका हुन् । रिसोर्टमा पार्टीका केन्द्रीय सदस्य र सांसद छन् ।

अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताबीच पार्टी एकता गरेर अघि बढ्ने सहमति भए लगत्तै माधवकुमार नेपालसहितका नेता एकान्ताबासका लागि चन्द्रगिरि पुगेका हुन् ।

तेस्रो धारका नेताले आफ्ना सदस्यलाई फकाउन सक्ने आंकलनसहित केन्द्रीय सदस्य र सांसदलाई एकै ठाउँमा राखिएको एकीकृत समाजवादीले जनाएको छ ।

निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलाएको छ । त्यसैले यी नेताहरु भोलि पनि चन्द्रगिरिमै बस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *