भीम रावललगायतले अध्यक्ष ओलीलाई दिएको अल्टिमेटमप्रति सूर्य थापाको आपत्ति

६ भदौ २०६८ काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भीम रावल, घनश्याम भुसाल लगायतका एकतावादी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमप्रति कडा आपत्ति जनाउनुभएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा थापाले सन्ताउन जना नेताहरुले दिएको अल्टिमेटम गलत भएको बताउनुभयो । १० बुँदे सहमति कार्यान्वयन भैसकेको भन्दै थापाले एकता चाहेको कि विभाजन भनेर प्रश्न पनि गर्नुभयो ।
भदौ ८ गतेसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनीप्रति पनि थापाले आक्रोश व्यक्त गर्नुभयो । माधव नेपालले पार्टी छोडेर केही नभएको भन्दै थापाले सक्ने भए विद्रोह गर्न चुनौती दिनुभयो ।
थापाले दल विभाजन हुने गरी सरकारले अध्यादेश ल्याएकोमा त्यसको विरोध नगरेको भन्दै एकतावादी भनिएको समूहप्रति आपत्ति जनाउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता थापाले माधवकुमार नेपाल सहित १४ जना सांसदमाथि गरिएको कारवाही पनि फिर्ता नहुने बताउनुभयो ।
प्रतिक्रिया