Political Hightlights

एमाले उपाध्यक्ष गौतमले पार्टी नछाडेको गौतमको सचिवालयको दाबी

हिमालय टिभी
२०७८ भदौ ६ गते १३:११
एमाले उपाध्यक्ष गौतमले पार्टी नछाडेको गौतमको सचिवालयको दाबी

६ भदौ २०७८ काठमाडौं । उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उहाँको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।

सञ्चारमाध्याम र सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गरेर उहाँको चरित्र हत्या भएको सचिवालयले जनाएको छ ।

उहाँका स्वकीय सचिव दीपक टमाटाले गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको उल्लेख गर्नु भएको छ ।

गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने बताउनु भएको थियो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्