Political Hightlights

नेपाल र ठाकुरको पार्टीको नाम फेरियो, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

हिमालय टिभी
२०७८ भदौ ४ गते १४:३४
नेपाल र ठाकुरको पार्टीको नाम फेरियो, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

४ भदौ २०७८ काठमाडौं । माधव कुमार नेपाल समूहले निर्वाचन आयोगमा दलको नाम फेर्न अर्को निवेदन पेश गरेको छ ।

यसअघि नेकपा एमाले समाजवादी नाम राखेर बुधबार दल दर्ताको निवेदन दिएको समूहले आज नाम परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएको हो ।

यसअघि निर्वाचन आयोगले अर्को पार्टीसँग मिल्दोजुल्दो नाम भन्दै नेपाल नेतृत्वको पार्टी र महन्थ ठाकुर नेतृत्वको जसपा लोकतान्त्रिकलाई नाम फेर्ने भनेको थियो ।

यसैबीच नेकपा एमालेका केही नेताहरु आज निर्वाचन आयोग पुगेर एमालेसँग मिल्दोजुल्दो नाममा अर्को पार्टी दर्ता नगर्न आग्रह गरेका छन् ।

यस्तै महन्थ ठाकुर नेतृत्वको समूहले पनि जसपा लोकतान्त्रिकको ठाउँमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्