Political Hightlights

एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ताका लागि कानूनी अड्चन खुल्यो

हिमालय टिभी
२०७८ भदौ ४ गते ७:५५
एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ताका लागि कानूनी अड्चन खुल्यो

४ भदौ २०७८ काठमाडौं । एमाले र जसपाबाट छुट्टिएका दुई पार्टी निर्वाचन आयोगमा दर्ताका लागि कानूनी अड्चन खुलेको छ ।

राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार नियमावली संशोधन नहुँदा नयाँ दल दर्ताको प्रकृया अघि बढ्न सकेको थिएन ।

निर्वाचन आयोगले हिजो साँझ संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेसँगै दल दर्ताको निवेदन दिने कानूनी बाटो खुलेको हो।

एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट फुटेको महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएका थिए । तर, निर्वाचन आयोगले अध्यादेशअनुसार नियमावली नबनेको भन्दै दर्ता प्रक्रिया अघाडि बढाएको थिएन ।

नियमावली संशोधन भइसकेकाले कानूनमा ४५ दिनभित्र दल दर्ताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था भएपनि १० दिनभित्रै सबै प्रकृया टुंग्याउने प्रमुख निर्वाचनका प्रमुख आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

यसअघि ऐन र नियमावलीमा संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने कुनै दलको केन्द्रीय समिति र संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सकिने व्यवस्था थियो । उक्त व्यवस्था अध्यादेशमा २० प्रतिशतमा झारिएको छ ।

यही प्रावधानलाई नियमावलीमा थप गरिएको हो । त्यस्तै स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुले २१ दिनभित्र दल रोज्न पाउने प्रावधान अध्यादेशमा राखिएको छ ।

यस व्यवस्था अनुसार स्थानीय तहकाले जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश तहकाले प्रदेश निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । यसरी सनाखत भएको विवरण ७ दिनभित्र आयोगमा पठाउनुपर्ने प्रावधान संशोधित नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्