Political Hightlights

एमाले विभाजन भएको नभई केही मानिस अलग भएका हुन् : अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३ गते २०:१२
एमाले विभाजन भएको नभई केही मानिस अलग भएका हुन् : अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभई केही मान्छे अलग भएको बताउनुभएको छ ।

हिजो वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी बनेको विषयमा प्रतिक्रिया दिँदै ओलीले पार्टीबाट एउटा टुक्रा चोइटिएको र केही मान्छे अलग भएको बताउनुभयो । यसबाट ठूलो क्षति नभएको ओलीको दावी छ ।

पार्टीबाट अलग हुँदा नेपालले आफूलाई दोष दिएकोमा पनि एमाले अध्यक्ष ओलीले कडा आपत्ति जनाउनुभयो । आफूले सक्दो प्रयास गरेपनि माधवुकमार नेपालले नचाहेको ओलीले गुनासो गर्नुभयो ।

माधवकुमार नेपालले जहिले पनि पार्टीको हित विरुद्ध काम गरेको भन्दै ओलीले आक्रोश व्यक्त गर्नुभयो । पहिले पार्टीलाई ३३ सिटमा झारेर र प्रधानमन्त्रीबाट सल्लाह नगरी राजीनामा दिएर नेपालले एमाले कमजोर बनाएको र अहिले पनि त्यसलाई निरन्तरता दिएको ओलीको आरोप छ ।

तर यसपटक नेपाल अरुको परिबन्दमा परेको हुन सक्ने आशंका गर्दै ओलीले सत्ता गठबन्धनप्रति कटाक्ष गर्नुभयो ।

पहिले एमाले बहुमत ल्याउँछ भनेर दावी गर्दै आएका ओलीले चुनाव प्रणालीका कारण बहुमत आउन सम्भव नभएको बताउनुभयो ।

संविधान बनाउने हतारो र दबाबका कारण अस्थिरता निम्तिने प्रणाली अपनाइएको भन्दै ओलीले समानुपातिक व्यवस्था प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्