Political Hightlights
दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय
२०७८ भदौ १ गते १३:४२

१ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै कडा आपत्ति जनाएको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने जानकारी दिनुभयो ।
त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्ने एमालेले चेतावनी दिएको छ । दल विभाजनसम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने एमालेको ठहर छ ।
एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई छिटो ल्याउन पनि माग गरेको छ ।
प्रतिक्रिया