Political Hightlights

प्रधानमन्त्री देउवा र जसपाको ठाकुर पक्षबीच भेटवार्ता

हिमालय टिभी
२०७८ भदौ १ गते १३:२१
प्रधानमन्त्री देउवा र जसपाको ठाकुर पक्षबीच भेटवार्ता

१ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए ।

ठाकुर पक्षका नेता भण्डारीले आफ्ना माग र मुद्दाबारे ध्यानाकर्षण गराउन प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिनुभयो । ठाकुर पक्षका नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् ।

नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक नल्याई संसदको अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएको भण्डारीले जानकारी दिनुभयो ।

ठाकुर पक्षका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, त्यसअनुसार टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका सांसद रेमश चौधरीको रिहाईको प्रक्रिया थाल्न पनि माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्