Political Hightlights

पार्टी एकतामा नेता नेपाल बाधक बनेको एमाले अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १९:२५
पार्टी एकतामा नेता नेपाल बाधक बनेको एमाले अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताका बाधक भनेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक बनाउने प्रयासमा वरिष्ठ नेता माधवकुमार नेपाल बाधक बनेको आरोपसहित अन्तरपार्टी निर्देशन जारी गर्नुभएको हो ।

नेता नेपालले पार्टी हितविरुद्ध गरेका काम रोक्ने प्रयास भए पनि सफल हुन नसकिएको ओलीले स्वीकार गर्नुभएको छ ।

पार्टी एकता बचाउन कार्यदलले काम गरेपछि माधवकुमार नेपालले सहमतिलाई अस्वीकार गरेको पनि ओलीले अन्तरपार्टी निर्देशनमा उल्लेख गर्नुभएको छ ।

ओलीले माधवुकमार नेपाल र समूहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै गरेको आरोप लगाउनुभएको छ । नेपालखनाल समूहलाई ओलीले गिरोह भन्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्