Political Hightlights

कांग्रेस वरिष्ठ नेता पौडेल आफू निकट नेताहरुसँगको छलफलमा

हिमालय टिभी
२०७८ साउन ३१ गते १५:१०
कांग्रेस वरिष्ठ नेता पौडेल आफू निकट नेताहरुसँगको छलफलमा

३१ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ ।

हिजो केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाउनुभएको हो । बैठक अहिले पौडेलको निवास बोहराटारमा बसिरहेको छ ।

बैठकमा महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केही केन्द्रीय सदस्य सहभागी छन् ।

महाधिवेशनको मिति तय भएपछि नजिक भएका र राय मिल्नेको बीचमा अब कसरी जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन ।

केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका विषयमा छलफल केन्द्रीत छ । कांग्रेसले हिजो भदौ १६ देखि हुने भनिएको महाधिवेशन मंसिरका लागि सारेको थियो ।

अहिलेसम्म सत्ता गठबन्धनमा मन्त्रालयगत भागबण्डा हुन नसकेकाले आजको बैठक महाधिवेशनको नयाँ कार्यपालिकापछिको रणनीतिबारे पनि केन्द्रित हुने ती नेताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्