Political Hightlights

एमसीसीबारे अध्यक्ष प्रस्ताव प्रष्ट नभएको भन्दै केन्द्रीय सदस्यद्वारा प्रष्ट पार्न दबाव

हिमालय टिभी
२०७८ साउन ३१ गते १५:०५
एमसीसीबारे अध्यक्ष प्रस्ताव प्रष्ट नभएको भन्दै केन्द्रीय सदस्यद्वारा प्रष्ट पार्न दबाव

३१ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डको प्रस्तावमा एमसीसी बारे प्रष्ट नभएको भन्दै केन्द्रीय सदस्यहरुले प्रष्ट पार्न दबाब दिएका छन ।

प्रचण्डले पेश गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमाथिको समूहगत छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले एमसीसीबारे पार्टीको धारणा स्पष्ट हुनुपर्ने र त्यो दस्तावेजमा आउनुपर्ने माग गरेका हुन् ।

उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताएका छन् । त्यसैले एमसीसीबारे प्रचण्डको स्पष्ट व्याख्या आउनुपर्ने उनीहरुको माग छ । प्रचण्डको प्रस्तावमा एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने’ उल्लेख छ ।

यसलाई केन्द्रीय सदस्यहरुले अष्पष्ट भन्दै थप व्याख्या गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रतिवेदन प्रतिवेदन जस्तो नभएको भन्दै प्रश्न पनि उठाएका छन ।

आठ समूहमध्ये अधिकांश समूहको रिपोर्टिङमा प्रचण्डको प्रतिवेदनमा २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछिको समग्र समीक्षा हुनुपर्ने माग गरिएको छ ।

नेकपा एमालेसँग गरिएको पार्टी एकताले व्यवस्था नै जोखिममा परेको भन्दै उनीहरुले यसका लागि मुख्य दोषी त केपी ओली भएपनि हाम्रो भागमा पनि त्यो दोष पर्छ कि पर्दैन भनेर प्रचण्डलाई प्रश्न गरेका छन ।

केन्द्रीय सदस्यहरुले पुस दोस्रो साता प्रस्ताव गरिएको राष्ट्रिय सम्मेलनको साटो महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । सबै आठ वटा समूहको सुझाव पेश गरिसकिएको छ । अब त्यसबारे स्थायी समिति बैठकमा छलफल हुनेछ । र, त्यसपछि फेरि केन्द्रीय समितिमा लगिनेछ ।

केन्द्रीय समितिमा प्रचण्डले जवाफ दिनुहुनेछ । सकेसम्म आजै केन्द्रीय समितिको बैठक सक्ने स्थायी समितिको बैठकले निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो आठ पेज लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्