Political Hightlights
परमादेशबाट बनेको सरकारले काम गर्न नसक्ने पूर्वमुख्यमन्त्री पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ साउन ३० गते १६:४७

३० साउन २०७८ दाङ । नेकपा एमालेका नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको सरकार अदालतको परमादेशबाट बनेको भन्दै यसले काम गर्न नसक्ने दाबी गर्नुभएको छ ।
दाङको घोराहीमा आज सहिद नेत्रलाल अभागीको शालिक अनावरण गर्दै नेता पोखरेलले सरकार जनमतबाट नभएर अदालतबाट बनेको बताउनुभयो । अदालतले सरकार बनाउनु संसदीय लोकतन्त्रकै मजाक भएको उहाँको टिप्पणी छ ।
लोकतन्त्रमा जनमतबाट या संसदबाट मात्रै सरकार बन्न सक्ने बताएका नेता पोखरेलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई १ सय ६५ सांसदले समर्थन गरेको प्रसंग भने उल्लेख गर्नुभएन ।
उहाँले देउवाले सरकार चलाउन नसकेर छिट्टै चुनाव घोषणा गर्ने दाबी पनि गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नम्वर १५ मा प्रदेश सरकारको १५ लाख लागतमा अभागीको शालिक बनाइएको हो ।
प्रतिक्रिया