Political Hightlights

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

हिमालय टिभी
२०७८ साउन ३० गते १३:१५
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

३० साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ ।

दुई दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनको मिति तोक्ने सम्भावना समेत रहेको छ ।

केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी नराख्ने पक्षमा देखिनुभएको छ । आगामी राष्ट्रिय सम्मेलनबाट पदाधिकारी चयन गर्ने गरी एजेण्डा सारिएको छ ।

हिजो पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनलाई एकरुपता दिँदै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकपछि माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाबारे महत्पूर्ण निर्णय गर्ने छ ।

बैठक काठमाडौंको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा अध्यक्ष प्रचण्डले शुरुवाती सम्बोधन गर्नुभएको छ । आज र भोलि अध्यक्षको प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरुले छलफल गर्ने जनाइएको छ।

पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने विषय प्रतिवेदनमा रहेको नेता दलजित श्रीपालीले जानकारी दिनुभयो ।

यस्तै संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने विषय अध्यक्षको प्रतिवेदनमा समेटिएको छ।

१८० जना केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाबारेमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्