Political Hightlights

कांग्रेस केन्द्रीय कार्यालयमा आफ्नै नेता-कार्यकर्ताको घेराबन्दी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २९ गते १५:३९
कांग्रेस केन्द्रीय कार्यालयमा आफ्नै नेता-कार्यकर्ताको घेराबन्दी (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको माग गर्दै विभिन्न जिल्लाका नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा एक महिनादेखि धर्ना दिइरहेका छन् । तर माग सुनुवाइ भएको छैन ।

बारा, रौतहट, कैलाली लगायतका जिल्लाका नेता कार्यकर्ताले ३४ दिन देखि पार्टी कार्यालयमा घेराउ र धर्ना दिइरहेका छन् । बाराका कांग्रेस नेता उपेन्द्र यादवले न्याय नदिएसम्म जिल्ला नफर्कने बताउनुभयो ।

नेपाली कांग्रेस रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि विधान विपरित दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

कैलाली क्षेत्र नम्बर १ का काँग्रेस सभापति भुवनेश्वर अधिकारीले आफूहरुमाथि अन्याय गरिएको न्याय खोज्न आएको बताउनुभयो ।

क्रियाशील सदस्यका विषयमा देखिएको विवादका कारण कांग्रेसको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि १४ औं महाधिवेशन पनि सर्ने निश्चित भैसकेको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्