Political Hightlights
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको एमाले उपमहासचिव पौडेलको आशंका (भिडियो रिपोर्टसहित)
२०७८ साउन २८ गते २०:४१
२८ साउन २०७८ काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले केही दिनभित्रै सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने आशंका गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले अरु विषयमा अध्यादेश नल्याउने बताएको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने आशंका गर्नुभयो ।
एमाले विभाजन गर्ने गरी देउवा सरकारले अध्यादेश ल्याएर वरिष्ठ नेता माधवकुमार नेपाललाई सहयोग गर्छ कि भनेर ओली पक्ष सशंकित छ । पौडेलको अभिव्यक्ति त्यसैतर्फ लक्षित छ ।
प्रतिक्रिया