Political Hightlights

एमाले एकताको कुरा गर्नेहरुलाई बदनाम गर्ने प्रयास भइरहेको नेता आचार्यको टिप्पणी

हिमालय टिभी
२०७८ साउन २७ गते १३:१३
एमाले एकताको कुरा गर्नेहरुलाई बदनाम गर्ने प्रयास भइरहेको नेता आचार्यको टिप्पणी

२७ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरुलाई बदनाम गर्ने प्रयास भइरहेको टिप्पणी गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै सचिव आचार्यले एकताको कुरा गर्नेहरुमाथि आक्रमण भइरहेको बताउनु भएको हो ।

हाल पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरु भइरहेको उहाँको भनाइ छ । त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुन नहुने आचार्यले बताउनु भएको छ ।

उहाँले असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार भएको बताउनु भएको छ । छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने उहाँको भनाइ छ ।

आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको भन्दै देशी विदेशी, एमाले फुटाएर सत्तामा जान लालायित भएका प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरिरहेको दावी गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्