Political Hightlights

एमाले अध्यक्ष ओली भ्रष्टाचारीका राजनेता भएको कांग्रेस सांसदको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २६ गते १५:०८
एमाले अध्यक्ष ओली भ्रष्टाचारीका राजनेता भएको कांग्रेस सांसदको आरोप (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका सांसदबीच चर्को आरोप प्रत्यारोप भएको छ ।

राष्ट्रिय सभाको बैठकमा विशेष समयमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच जुहारी चलेको हो ।

कांग्रेस सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाउनुभयो ।

एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेपछि रायमाझीको यो अभिव्यक्ति आएको हो ।

बैठकमा सांसद रायमाझीले ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानु परेको दावी गर्नुभयो ।

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग समेत गर्नुभयो ।

यसअघि एमाले सांसद भट्टराईले कांग्रेस कुहिरोको काग भएको र माओवादी वैशाखीको खोजीमा रहेको बताउनुभएको थियो ।

सांसद भट्टराईले एमाले अध्यक्ष ओली राजनेता ठहरिएको दाबी गर्दै अहिले पनि सदनमा आउँदा उहाँकै चर्चा सुनिने गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्