आर्थिक

पाल्पामा बाँस रोप्ने अभियानः खेत बचाउने र आम्दानी बढाउने यस्तो उपाय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते १५:११
पाल्पामा बाँस रोप्ने अभियानः खेत बचाउने र आम्दानी बढाउने यस्तो उपाय (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ पाल्पा । पाल्पामा ठूला खोलाले कटान र डुबान गरेका क्षेत्रमा जैविक तटबन्धको काम गर्न बाँस रोप्ने अभियान शुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले १२ जिल्लाका १४ वटा डिभिजन वन कार्यालयमार्फत् अभियान थालेको हो । तिनाउ गाउँपालिकाको दोभान खोला बगरमा बाँस रोपेर अभियानको शुरु गरिएको छ । ्

२०३८ सालमा पाल्पाको तिनाउमा बाढीले ५ परिवारको खेत बगायो । धान उत्पादन हुने खेत बाढी पसेर बगरका रुपमा बदलिएको थियो । दोभान खोलाको बाढी पस्ने यहाँको डेढ किलोमिटर क्षेत्रमा ६ सयभन्दा बढी घना बाँस लगाउने योजना छ ।

पाल्पाको बँदेलपोखरी सामुदायिक वन उपभोक्ता समितिको समन्वय, तिनाउ सव–डिभिजनको व्यवस्थापनमा र डिभिजन वनको सहयोगमा जैविक तटबन्ध घना बाँस रोप्ने अभियान थालिएको हो ।

खोलाको बगरमा बाँस रोपेपछि यसको जरा सतहमा फैलिने भएकाले आफैं जैविक तटबन्ध हुन्छ । झ्याङका रुपमा हुने भएकाले खोलाको किनार, बाढी पहिरो रोक्नका लागि बाँस रोपिन्छ । बाँसले किसानको आयआर्जनका लागि पनि फाइदा पुग्ने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

खोला छेउमा बाढीले गर्ने कटानको क्षति न्यूनीकरण गर्न लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ वटा डिभिजन वन अन्तर्गत बाँस रोप्ने बृहत्तर अभियान थालिएको हो । यो वर्ष मात्रै १ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । जसबाट प्रदेशका १२ जिल्लाको १ सय १० बर्ग किलोमिटर क्षेत्रमा बाँस रोप्ने योजना छ ।

जैविक तटबन्ध, बाँसको सामग्री निर्माणका लागि कच्चा पदार्थका साथै किसानलाई तामा विक्री गरेर आम्दानी गर्न समेत घना बाँस उपयोगी हुन्छ ।

खोला आसपासका क्षेत्रमा हुने कटान र डुवानले हुन क्षतिलाई कमी गरी बगर क्षेत्रलाई हराबरा बनाउने र स्थानीय स्रोत र साधन प्रयोग गरी आयआर्जन तर्फ स्थानीयबासिन्दाको आकर्षण बढाउन लुम्विनी प्रदेश सरकारले यो बहुउपयोगी कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *