नेपाल–खनाल समूहको माग अस्वीकार गर्दैं एमाले संस्थापन पक्षद्वारा विधान संशोधन पारित

२५ साउन २०७८ काठमाडौं । नेपाल–खनाल समूहले बैठक, विधान अधिवेशन र सदस्यता नवीकरण रोक्न माग गरेपनि नेकपा एमालेको संस्थापन पक्षले त्यसलाई अस्वीकार गर्दै विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
ललितपुरको च्यासलमा बसेको एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । जसमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।
अब यो प्रस्ताव अहिले आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिने उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।
स्थायी कमिटीबाट अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदनलाई पनि एकरुपता दिइएको छ । अब यी प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा खुला छलफल हुनेछ ।
विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने एमालेले यसअघि नै निर्णय गरिसकेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीका गतिविधि रोक्न माग गरेको भए पनि अध्यक्ष ओली पक्षले पार्टीका गतिविधिलाई तिब्रता दिएको हो।
विघटित कार्यदलका सदस्यबीच छलफल भएपनि मिलन विन्दु भेटिएको छैन ।
प्रतिक्रिया