Political Hightlights

एमाले स्थायी र केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

हिमालय टिभी
२०७८ साउन २५ गते ८:२०
एमाले स्थायी र केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

२५ साउन २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाउनुभएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुन लागेको र विधान अधिवेशन पनि तोकिएकाले त्यसबारे पनि निर्णय हुने केन्द्रीय सदस्य समेत रहनुभएका प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । एमालेले भदौ अन्तिम साता विधान अधिवेशनको मिति तय गरिसकेको छ ।

अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् ।

गत शुक्रबार सकिएको नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ ।

तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने अडान लिदै आएका छन् । आजको बैठकमा पनि नेपाल–खनाल समूह सहभागी नहुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्