Political Hightlights

नेपाल–खनाल समूहले माग गरेजस्तो पार्टीको कुनै पनि काम रोकिँदैनः महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २४ गते १९:२८
नेपाल–खनाल समूहले माग गरेजस्तो पार्टीको कुनै पनि काम रोकिँदैनः महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । नेकपमा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल-खनाल समूहले माग गरे जस्तो पार्टीका बैठक, अधिवेशन र सदस्यता नवीकरण नरोक्ने बताउनुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै महासचिव पोखरेलले एमाले आफ्नो गतिमा अघि बढ्ने बताउनुभयो । आउन चाहनेहरु जहिले पनि आउन सक्ने पोखरेलले बताउनुभयो ।

प्रतिनिधिसभा विघटन गरेकोमा अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुपर्ने नेपाल–खनाल समूहको माग रहेकोमा पोखरेलले त्यसलाई पनि अस्वीकार गर्नुभयो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर ओली बराबर अधिकार दिन पनि सकिने पोखरेलले बताउनुभयो ।

एमाले महासचिव पोखरेलले माओवादी केन्द्रसितका एकता गलत र एमालेका लागि कालो खण्ड भएको टिप्पणी गर्नुभयो । प्रचण्ड र नेपालका कारण समस्या आएको पोखरेलको भनाइ छ ।

पोखरेलसितको विस्तृत कुराकानी राति नौ बजे कार्यक्रम यक्ष प्रश्नमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्