Political Hightlights

प्रधानमन्त्री देउवा गठबन्धनको संयन्त्रमार्फत चलेकोमा आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २४ गते १६:३४
प्रधानमन्त्री देउवा गठबन्धनको संयन्त्रमार्फत चलेकोमा आपत्ति (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्य डाक्टर विमला राई पौड्यालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको संयन्त्रमार्फत चलेको भन्दै आपत्ति जनाउनुभएको छ ।

राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौड्यालले प्रधानमन्त्री संसदीय व्यवस्थाअनुसार चल्ने भन्दा पनि गठबन्धनको संयन्त्रमार्फत चलेको बताउनुभयो।

संघदेखि प्रदेश र स्थानीय तहमा समेत समानान्तर गठबन्धन बनेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । राजनीतिक संयन्त्रका नाममा प्रधानमन्त्रीका हातखुट्टा बाँधिएको पौड्यालको टिप्पणी छ ।

गठबन्धनको संयन्त्रले गरेको हस्तक्षेपकै कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएको उहाँले दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्