Political Hightlights

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

हिमालय टिभी
२०७८ साउन २२ गते १३:५४
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो ।

सरकार सञ्चालनमा सहयोग गर्न गठित कार्यदलले आफनो प्रतिवेदन तयार गरी शीर्ष नेतालाई बुझाएपछि बस्न लागेको स्थायी कमिटी बैठकमा त्यसको समीक्षा हुने बताइएको छ ।

त्यस्तै केन्द्रीय कमिटी बैठकका एजेण्डा र सरकारमा पठाउने मन्त्रीका बारेमा पनि छलफल हुन सक्ने बताएको छ । माओवादीले साउन ३० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्