Political Hightlights

एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकप्रति संस्थापन पक्षको आपत्ति

हिमालय टिभी
२०७८ साउन २१ गते ८:१२
एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकप्रति संस्थापन पक्षको आपत्ति

२१ साउन २०७८ काठमाडौं । नेकपा (एमाले)लेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ।

कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा आज बस्न लागेको नेपाल–खनाल समूहको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको छ।

नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यालय सचिव तामाङले आज एमाले केन्द्रीय कमिटीको कुनै पनि बैठक आयोजना नगरिएको बताउनुभएको छ ।

पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गरिएको तामाङले जानकारी दिनुभयो ।

एमाले मिलनतर्फ गएको र अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता नेपालबीच भेटघाटको तयारी भइरहेको भनिएको बेला नेपाल पक्ष अलग गतिविधिमा देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्