Political Hightlights
एमालेको नेपाल–खनाल समूहले बोलायो केन्द्रीय सदस्यहरुको बैठक
२०७८ साउन १९ गते १९:२९

१९ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समूहले आफू पक्षधर केन्द्रीय सदस्यको बैठक बोलाएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले भोलि बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बोलाएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने बताइको छ ।
नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आउनु भएको छ । एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन।
प्रतिक्रिया