एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ताको तयारी
![एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ताको तयारी](https://www.himalayatv.com/wp-content/uploads/2021/07/nepal-oli.jpg)
१९ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएका हुन् । साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन सक्ने बताइएको छ ।
नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । हिजो बसेको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो ।
दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेता छलफलमा बस्न राजी भएको बताइएको छ ।
एमालेको स्थायी कमिटी बैठकले नौ वटा केन्द्रीय विभाग गठन गरी संयोजक तोकेको छ । त्यसको भोलिपल्ट दुई नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।
प्रतिक्रिया